बागलुङको भुस्कातमा ८० वर्षीय वृद्धद्वारा आत्मदाह

पाेखरा | बैशाख १, २०८२

बागलुङको भुस्कातमा ८० वर्षीय वृद्धद्वारा आत्मदाह

पोखराः  बागलुङको ताराखोला गाउँपालिकामा आत्मदाहको प्रयास गरेका ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङ रहेका छन् । 


उनले आइतबार साँझ आफ्नै शरिरमा पेट्राल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । 


आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका गुरुङको उपचारको क्रममा बागलुङको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 


‘आइतबार साँझ ५ बजे गुरुङले घर नजिकै रहेको चौरमा गएर आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लागेको अवस्थामा श्रीमती र छोराले देखेपछि आगो नियन्त्रणमा लिन प्रयास गरेका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि कम्मरभन्दा माथिको भाग जलेपछि उपचारका लागि धौलागिरी अस्पताल ल्याएका थिए । त्यसछि राती करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।’


डिएसपी यादवका अनुसार गुरुङको शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ । गुरुङले आत्मदाह गर्नुको कारण नखुलेकाले अनुसन्धान जारी रहेको बागलुङ प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्